पुस २६ गते, पथरी । पथरी शनिश्चरे–२ बुद्धचौकमा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।
शनिबार संस्थाको कार्यालय अगाडि ‘रक्तदान जीवन दान’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो । नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत जम्मा भएको कार्यक्रमका संयोजक दोर्ण खड्काले जानकारी दिए ।
लर्डबुद्धले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्दै आइरहेको छ ।