मङ्लबार, माघ २०, २०८२

पर्वहरूले जातिय सद्भाव कायम –मेयर राई

माघ २ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले माघे संक्रान्ति पर्वका अवसरमा बोल्दै नेपालीका विभिन्न पर्वहरूले जातिय सद्भाव कायम गर्ने बताएका छन् ।

नगर प्रमुख राईले नेपाल मगर संघ, पथरीशनिश्चरेको आयोजनामा मगर समुदायको नयाँ वर्ष शार ल्हेसा ५०१५ तथा माघे संक्रान्ति राष्ट्रिय पर्वको अवसरमा आयोजित शुभकामना आदान–प्रदान, सम्मान तथा सांस्कृतिक कार्यक्रममा सो कुरा बताए ।

कार्यक्रममा मगर समुदायका विभिन्न सांस्कृतिक नृत्यहरु मारुनी, कौडा, हुर्रा लगायत प्रस्तुत गरिएको थियो । कार्यक्रममा नगरका २ ज्येष्ठ नागरिकलाई सम्मानित गरिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.