अपाङ्गता भएका ३० जनालाई न्यानो कमल वितरण

माघ ५ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँलिकाले वडा नं. ४ का ३० जना अपाङ्गता भएको व्यक्तिहरुलाई न्यानो कमल वितरण गरेको छ ।

अपाङ्गता भएको व्यक्तिहरुको समूह कानेपोखरीको समन्वयमा आइतबार वडाकार्यालयमा एक कार्यक्रम विच वितरण गरिएको हो । कार्यक्रमका सभापती वडा नं. ४ का वडाध्यक्ष धनबहादुर राई, अतिथि स्वास्थ्य संयोजक रोहिन्द्र कुमार राजभण्डारी, वडा सदस्य रोषन लामिछाने गुरुङ, वडा सदस्य शिव दुलाल लगाएतले वितरण गरेका थिए ।

कार्यक्रममा वडा सदस्य साउनी माझी, श्यामकुमारी वि.क, समाजसेवी डम्बर कटुवाल, टंकेश्वरी याक्खा, भोजबहादुर धिमिरे, विशाल तिरुवा लगाएत उपस्थित रहेका थिए ।कार्यक्रम नगेन्द्र बस्नेतले संचालन गरेका थिए । 

 

सम्बन्धित खवर