माघ ६ गते, कानेपोखरी । मोरङको कानेपोखरी –४, स्थित पिङ्डाँडामा रहेको प्रगतिशील समाज सेवा क्लबको भवन शिलान्यास भएको छ ।
सोमबार गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले एक कार्यक्रम विच भवनको शिलान्यास गरेको हो । ४ नंं वडाबाट १ लाख ५० हजार वजेट क्लबलाई छुटिएपछि दुई वटा कोठा भएको भवन निर्माण हुन लागेको छ ।
भवन निर्माणको लागि थप रकम गाउँपालिकालाई माग गर्ने क्लबका अध्यक्ष राम बहादुर खड्काले बताए । २०५७ सालमा स्थापना भएको सो क्लबलाई समितिले २०७२ सालमा दर्ता गरेको थियो । क्लबले गाउँमा विभिन्न सामाजिक काम गर्दै आएको छ ।
कार्यक्रममा अध्यक्ष काफ्लेले यसपटक विहिबारे – हरकपुर कृषि सडकको कालोपत्रेले पिङ्डाँडा चोकलाई छुने र अर्को बर्षमा पिङ्डाँडा–रमाइलो सडकको कालोपत्रे पनि पिङ्डाँडा चोक आइपुग्ने बताए । उनले अबको एक बर्षभित्र कालोपत्रेसँगै सुकुम्बासीलाई धनीपुर्जा पनि वितरणको तयारी रहेकोले पिङ्डाँडा गाउँ धेरै परिवर्तन हुने बताए । यस ठाउँको विजुली, विजुलीको ट्रान्सफर्म, डाँसखोला तटबन्धन, सिंचाईमा लगानी, कल्भट र भलुवा खोलामा पुल लगाएतको निर्माण सम्पन्न गरिसकेकोले पिङ्डाँडा गाउँमा विकासको ठुलो परिवर्तन आएको अध्यक्ष काफ्लेले बताए । ्
कार्यक्रममा वडाध्यक्ष धनबहादुर राईले आफ्नो वडामा विकास गरेको प्रगती सुनाएका थिए। त्यसैगरी कार्यक्रममा वडासदस्य तथा कार्यपालिका सदस्य सावनी माझी, वडासदस्यहरु रोषन लामिछाने गुरुङ, शिव प्रसाद दुलाल, श्यामकुमारी विक, समाजसेवी, प्रदिप राई, डम्बर कटुवाल लगाएत अतिथि रहेका थिए । कार्यक्रमा संचालन क्बलका उपाध्यक्ष गौरव दाहालले गरेका थिए ।