मङ्लबार, माघ २०, २०८२

कालोपत्रेको गुणस्तरीयता जाँच

माघ १५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरको बुद्धमार्ग कालोपत्रे आयोजनाको कडाईका साथ अनुगमन् गरिएको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, लेखा अधिकृत शान्तबहादुर थापा, कार्यपालिका सदस्य मैनाकुमारी राई लिम्बू, निर्मला गदाल, इन्जिनियर कृष्णप्रसाद कोइराला, सवइन्जिनियर दीपक आचार्य सहितको अनुगमन् टोलीले वडा नम्बर ४ र ७ अन्तर्गत पर्ने किर्तिपुर क्षेत्रको योजनाको अनुगमन् गरेको हो ।

प्रत्येक ५०, ५० मिटरमा मापन गर्दै सोको गुणस्तरीयता जाँचिएको छ । संघीय सरकारको समपुरक अनुदान र नगरको गरी ३ करोड ५९ लाख ६५ हजार २ सय ४२ रुपैयाँ ४ पैसाको ठेक्कामा याक्थुमहाङ एचएम विल्डर्स जेभीले २ किलोमिटर ७ सय मिटर लम्बाईको सडकमा अक्सपाल्ड प्रविधिको कालोपत्रे गरेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.