बुधबार, बैशाख ९, २०८३

अन्तर कर्मचारी ब्याडमिन्टनमा रमेश र श्वेता प्रथम

माघ १७ गते, धरान । दोश्रो अन्तर कर्मचारी ब्याडमिन्टन प्रतियोगीताको शनिवार भएको फाइनल खेलमा पुरुष तर्फ रमेश राई, महिला तर्फ श्वेता राई प्रथम भएका छन् । उत्कृष्ट खेलाडिको उपाधि रमेश र लक्ष्मी तामाङ घोषित भए ।

प्रतियोगिताको समापनमा मेयर तिलक राईले विजयी खेलाडिहरुलाई पुरस्कार, ट्रफि र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा पुरुषतर्फ प्रथम रमेश राई, द्धितिय राजेन्द्र राई, तृतीय राम माबो र सान्तावना चन्द्र प्रकाश खनाल भएका थिए । त्यसैगरी महिलातर्फ प्रथम स्वेता राई, द्धितिय लक्ष्मीतामाङ, तृतिय सम्झना विक र सान्तावना मिना कुलुङ भएका थिए ।

पुरुष र महिला प्रथम, द्धितिय, तृतिय र सान्तावना विजेतालाई क्रमशः नगद पुरस्कार ५ हजार, ३ हजार, १ हजार ५ सय रुपैयाँ, प्रमाणपत्र, ट्रफि प्रदान गरिएको हो । उत्कृष्ट खेलाडीतर्फ रमेश राई र लक्ष्मी तामाङलाई थप नगद १÷१ हजार रुपैयाँ प्रदान गरियो । प्रतियागितामा २८ पुरुष, २२ जना महिला कर्मचारी सहभागी थिए ।

मेयर राईले शारिरीक अवस्था स्वास्थ्य चुस्त दुरुस्त राख्न दैनिक व्यायमका लागि व्याडमिन्टन उत्कृष्ठ खेलकुद भएको बताए । उनले भने ‘दैनिक हल्का फुल्का कसरत गर्दा मात्र पनि शारिरिक तन्दुरुस्ती कायम सघाउ पुग्छ, त्यस कारण व्यायमको माध्यम व्याडमिन्टन उपयुक्त छ ।’

खेलकुद विकास समिति संयोजक सुवास राईको सभापतित्वमा भएको समापन कार्यक्रमा उपमहानगरपालिका सल्लाहकार सदस्य अनिल श्रेष्ठ, शिक्षा महाशाखा प्रमुख रामचन्द्र कार्की, धरान–१४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई, जेनिथ स्कुलका प्रिन्सिपल सुमन जबेगुले पुरस्कार वितरण गरेका थिए । प्रतियोगीता धरान–१३ स्थित जनपथ विद्यालयको व्याडमिन्टन कोर्टमा भएको थियो । प्रतियोगीता धरान उपमहानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको हो ।

 

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.