हिमाल युनाइटेड र रमाइलो फुटबल क्लब फाइनलमा

अशोक फुयाल
माघ १८ गते, रमाइलो । मोरङको कानेपोखरी –६, रमाइलोमा जारी तीन दिने नक आउट फुटबल ‘रमाइलो च्यालेन्ज कप’ मा हिमाल युनाइटेड बिहिबारे र रमाइलो फुटबल क्बल उपाधि नजिक पुगेको छ ।

जनसेवा माविको खेल मैदानमा भएको आइतबारको पहिलो सेमिफाइनल खेलमा कानेपोखरी सेवा समाज, काठ्माडौंलाई १–० गोलको अन्तरले पाखा लगाउँर्दै हिमाल युनाइटेड क्लब बिहिबारे फाइनलमा पुगेको हो ।

त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा कानेपोखरी युथ क्लब कानेपोखरीलाई १–० गोलको अन्तरले रमाइलो फुटबल क्लब विजयी हुर्दै फाइनलमा प्रवेश गरेको छ । भोली सोमबार दिउँसो १ बजे हिमाल युनाइटेड क्लब बिहिबारे र रमाइलो फुटबल क्लब विच फाइनल खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेता टिमले २५ हजार र उपविजेता टिमले १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समाजका अध्यक्ष मेघेन्द्र पराजुलीले बताए । फुटबल च्यालेन्ज कप कानेपोखरी समाज सेवा काठ्माडौंको आयोजनामा भएको हो ।

खेलमा कानेपोखरी गाउँपालिकाले १ लाख ६३ हजार सहयोग गरेका छन् । त्यसैगरी खेलको दोस्रो पुरस्कार फुयल सुनचाँदी पसलका संचालक डिल्ली फुयलले प्रदान गर्ने भएको छ । खेलमा जम्मा ७ लाख खर्च हुने आयोजकले बताएका छन् ।

सम्बन्धित खवर