माघ १९ गते, कानेपोखरी । संस्थापन पक्ष(ओली) अखिल नेपाल महिला संघ, कानेपोखरी गाउँ कमिटिको अध्यक्षमा सुशिला श्रेष्ठ चयन हुर्दै १३५ सदस्य कमिटि गठन भएको छ ।
रमाइलोमा भएको वृह्रद महिलाहरुको अगुवा कार्यकर्ता भेलाले उपाध्यक्षमा तुलसा खड्का, सचिवमा खिना दाहाल, सहसचिव सरिता राई चयन भएका छन् । त्यसैगरी सदस्यहरु राधा कोइराला, शशि माझी, सिता लिम्बु, यशोदा पौडेल, जानुका खड्का, सोभा जोशी, प्रमिला धिमाल, अञ्जु चौधरी लगाएत १३५ सदस्य कमिटि गठन भएको सचिव खिना दाहालले बताइन ।
कार्यक्रम नेकपा जिल्ला कमिटि सचिवलाय सदस्य राजमती इङ्नामको अध्यक्षतामा भएको थियो । नेकपा जिल्ला अध्यक्ष ऋषिकेश पोख्रेल, कानेपोखरी गाउँकमिटिका अध्यक्ष भोला अधिकारी लगाएले शुभकामना मन्तव्य दिएका थिए ।