अनेमा संघ कानेपोखरीको अध्यक्षमा सुशिला र सचिवमा खिला दाहाल

 

माघ २० गते, पथरी । संस्थापन पक्ष(ओली)अखिल नेपाल महिला संघ, कानेपोखरी गाउँ कमिटिको अध्यक्षमा सुशिला श्रेष्ठ र सचिवमा खिना दाहाल चयन भएको छ । भेलाले १३५ सदस्य कमिटि पनि गठन गरेको छ ।

रमाइलोमा भएको वृह्रद महिलाहरुको अगुवा कार्यकर्ता भेलामा उपाध्यक्षमा तुलसा खड्का, सहसचिव सरिता राई चयन भएका छन् । त्यसैगरी सदस्यहरु होकलबारीबाट शान्ता लिम्बु, कला कार्की डोली, वडा नं. ३ बाट मयरम टुडु, शोभा जोशी, राधा कोइराला सदस्य रहेका छन् ।

त्यसैगरी शशि माझी, सिता लिम्बु, यशोदा पौडेल, जानुका खड्का, प्रमिला धिमाल, अञ्जु चौधरी लगाएत १३५ सदस्य कमिटि गठन भएको सचिव खिना दाहालले बताइन ।

कार्यक्रम नेकपा जिल्ला कमिटि सचिवलाय सदस्य राजमती इङ्नामको अध्यक्षतामा भएको थियो । नेकपा जिल्ला अध्यक्ष ऋषिकेश पोख्रेल, कानेपोखरी गाउँकमिटिका अध्यक्ष भोला अधिकारी लगाएले शुभकामना मन्तव्य दिएका थिए ।

 

 

 

सम्बन्धित खवर