माघ २६ गते, पथरी । मोरङको कानेपोखरीमा मादक पदार्थ खुवाएर एक किशोरीलाई रातभरी बलत्कार गरेको आरोपमा एक जना युवालाई प्रहरीले पक्राउ गरेका छन् ।
मादक पदार्थ खुवाएर १८ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा कानेपोखरी–२, केरौन चोकका २९ वर्षीय प्रेम चौधरी पक्राउ परेका हो ।
घटना गत बिहीबार रातिको हो । कानेपोखरी–२ चिसाङ्ग खोला नजिक किराना पसल तथा खाजा पसल संचालन गर्दै आएका चौधरीले दुई साताअघि चिनजान भएकी ती किशोरीलाई आफ्नै घरमा बोलाएर रातभर बलात्कार गरेको खुलेको छ । चौधरीले शुक्रबार विहान नाटक गर्दै बारीमा यो अवस्थामा भेटेको भन्र्दै अलिक पर छिमेकीको घरमा पुर्याएर राखिदिएका थिए । ‘घर पुगेपछि कोठाभित्र लगे । ढोकाको चुकुल लगाएर मदिरा खुवाएपछि म बेहोश भए । त्यसपछि राती के–के भयो, मलाई थाहा छैन । एकैचोटि शुक्रबार कोशी अस्पताल आएपछि होसमा आएँ,’ ती बालिकाले भनिन् ।
उपचार र स्वास्थ्य परीक्षणका लागि उनलाई शुक्रबार बेलुका अस्पताल भर्ना गरिएको थियो । उपचारमा संलग्न चिकित्सकले पनि किशोरी बलात्कृत भएको पुष्टि गरेका छन् । बलात्कार गर्नुअघि र पछि बारम्बार मादक पदार्थ खुवाएर किशोरीलाई लट्ठ बनाइएको पनि चिकित्सकले बताएका छन् । नसालु पदार्थ खुवाएर बलात्कार गरिएका कारण किशोरीको स्वास्थ्यमा समस्या आएको उपचारमा संलग्न एक चिकित्सकले बताए ।
गम्भीर अवस्थामा रहेकी किशोरी आइतबारबाट केही होसमा आएको छ । उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गइरहेको छ । पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय पथरीले जवरजस्ती करणी मुद्दामा म्याद थप गरि अनुसन्धान गर्दै आएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।