बिहिबार, बैशाख १०, २०८३

‘पूर्ण खोप’ सुनिश्चितता दिगोपनाका लागि योजना तर्जुमा

माघ २८ गते, पथरी । मोरङको पथरीशनिश्चरे पूर्ण खोप सुनिश्चित नगर रहेको अवस्थामा त्यस्तो सुनिश्चितताको दिगोपनाका लागि योजना तर्जुमा गरिएको छ ।

स्वास्थ्य शाखाले आज नगरका कार्यपालिका सदस्यहरु सहित स्वास्थ्यकर्मीको गोष्ठीमा १५ महिना मुनीका बच्चाहरुको लाइन लिष्टिङ, १६ महिनादेखि २३ महिनासम्मका बच्चाहरुको पूर्णखोप सुनिश्चितताका लागि घरधुरी सर्भेक्षण, छुट बच्चाहरुलाई खोप लगाउने लगायतका योजनाहरु तर्जुमा गरिएको छ ।

१ नम्बर वडाध्यक्ष बाबुराम एङदेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ५ नम्बर वडाध्यक्ष जोगबहादुर धिमाल सहितले मन्तव्य व्यक्त गरेका थिए । स्वास्थ्य शाखाका मुरारी आचार्य, जगत मगर र एकराज खत्रीले कार्यक्रमको सहजिकरण गरेका थिए । हिजो भनें स्वास्थ्य शाखा र स्वास्थ्य कर्मचारीबीच योजना तर्जुमाका सन्दर्भमा छलफल गरिएको थियो ।

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.