फागन ९ गते, पथरी । मोरङको पथरीशनिश्चरे २ मा उद्यमशीलता विकासको योजना अनुरुप मेड मोडेलको लघु उद्यम विकास तालिम सुरु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख दिलीपकुमार राईले मन्तव्य व्यक्त गर्दै स्थानीय उद्यमशील बन्नुपर्ने कुरामा जोड दिँदै नगरले त्यसमा सदा साथ सहयोग पुरयाउनु बताए । आफ्नो क्षेत्रमा कुन उद्यम गर्दा सहज हुन्छ भन्ने कुरालाई ध्यान दिएर उद्यमशील बन्नु पर्नेमा उनको जोड छ ।
उद्घाटन् कार्यक्रम नगरको उद्यम विकास शाखा प्रमुख हेमचन्द्र दहालको अध्यक्षतामा सम्पन्न भएको छ । ८ दिने तालिममा २ नम्बर वडाका ४१ जनाको सहभागिता रहेको छ ।
कार्यक्रमका लागि वरिष्ठ उद्यम विकास सहजकर्ता सपना कार्की र उद्यम विकास सहजकर्ता भगवती कटुवालले सहजिकरण गरेको छ ।
उद्योग, पर्यटन तथा आपूर्ति मन्त्रालयमार्फत चालु आर्थिक वर्षमा मोरङको पथरीशनिश्चरेमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको कार्ययोजना अनुरुप नगरपालिका कार्यलयमार्फत तालिम अघि बढेको हो ।
नगरले नियुक्त गरेका उद्यम विकास सहजकर्तामार्फत वडाका वस्तीमा गई सहभागितामुलक ग्रामिण लेखाजोखा विधिबाट आर्थिक विपन्न वर्गको पहिचान गरी प्रत्येक वडाबाट ७० प्रतिशत महिला हुनेगरी कम्तिमा ३०,३० जना छनोट गरिएको छ । वडा नम्बर १, २ र ३ मा सो कार्यक्रम लागू गरिएको छ ।
यसखाले तालिम वडा नम्बरमा ३ मा प्रदान भइसकेको छ । अव वडा नम्बर १ मा बाँकी छ । सो कार्यक्रमका लागि मन्त्रालयबाट २५ लाख रुपैयाँ विनियोजित भएको छ ।