दिगोपन संस्थाको स्वनेतृतव तथा आधारशिला तालिम सम्पन्न


फागुन १५ गते, कानेपोखरी । मोरङको कानेपोखरी–७, आइतबारेमा रहेको दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले दुई दिने स्वनेतृतव तथा आधारशिला तालिम सम्पन्न गरेको छ ।

वडा नं. ६ को बरगाछीमा भखरै उद्घाट भएको भवन दुई दिने तालिम सम्पन्न भएको हो । तालिम फागुन ९ र १० गते ४० जना र १२ र १३ गते ४५ जना संस्थाका सेयर सदस्यहरुलाई स्वनेतृतव तथा आधारशिला तालिम दिएको थियो । दुई दिने तालिमलाई संस्थाका व्यवस्थापक रुकमणी भुसालले सहजिकरण गरेकी थिइन् ।

आफु परिवार समुह समुदायमा सकारात्मक परिर्वंतनका लागि सर्वांगीण बिकास गदै व्यवहारीक कुरामा छलफल गदै म बाट परिवर्तन सुरु गरी हामी भन्ने भावनाको विकास गर्नु उदेश्य रहेको सजतकर्ता भुसालले बताईन् ।

उनीले तालिममा आधारशिलाका १२ बुधामा छलफल गदै आफुलाई सकारात्मक परिवर्तनका लागि म को हु भनि आफैले आफै नेतृत्व प्रदान गदै समूह, समुदाय र सहकारीमा व्यवहारीक ज्ञान र सिपको विकास गदै जानु पर्ने बताईन् ।

यो संस्थामा सदस्यता पाए पछि २ वटा तालिम सदस्यले अनिवार्य लिनु पर्ने हुन्छ । यो तालिम सहभागि सेयर सदस्यहरुलाई केही दिनमा पशु उपहार दिने कार्यक्रम केही दिनमा गर्ने संस्थाले बताए ।

 

सम्बन्धित खवर