फागुन १५ गते, कानेपोखरी । एकहप्ता अघि मोरङको कानेपोखरी २ स्थित केरौन चोकका टंक बुढाथोकीको गोठमा आगालागी हुँदा जलेर घाइते भएको पशुपन्छीको उपचार भैरहेको छ ।
गत फागुन ९ गते विहान ११ बजे बुढाथोकीको गोठमा आगालागी हुँदा एउटा गाई, एउटा बाच्छा र एउटा बाख्रा जलेर शक्क्त घाइते भएका थियो । आगोले पोलेको घाउँ हो निको हुन केही समय लाग्ने कानेपोखरी गाउँपालिकाको पशुपन्छी सेवा शाखा अधिकृत गणेश रेग्मीले बताए ।
गोठ सँगै बुढाथोकीको परालको टाली पनि जलेर नष्ट भएको थियो । गाउँपालिकाको बारुण यन्त्रको सहयोगमा प्रहरी र स्थानीयले आगो समयमै नियन्त्रणमा लिएपछि बढी क्षतीहुनबाट जोगीएको वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकीले बताए ।