फागुन १६ गते,पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको अपाङ्गता परिचयपत्र वितरण स्थानीय समन्वय समितिले नविकरण सहित अपाङ्गता भएका १० जनालाई परिचयपत्र प्रदान गरिएको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको नेतृत्वमा स्वास्थ्यकर्मीले अपाङ्गता भएका व्यक्तिहरुको अवस्था प्रत्यक्ष जाँच गरेर परिचयपत्र निर्माण तथा वितरणको काम भएको हो । जसमा ३ जनालाई पूर्ण असक्त अपाङ्गताको ‘क’ वर्गको (रातो), ६जनालाई अति असक्त अपाङ्गताको ‘ख’ वर्गको (नीलो) र १ जनालाई मध्यम असक्त अपाङ्गताको ‘ग’ वर्गको (पहेलो) रंगको परिचयपत्र प्रदान गरिएको समितिको सदस्य सचिव विमला अधिकारीले जनाए ।
समितिको बैठकले प्रत्येक महिनाको १५ र ३० गते वितरण हुँदै आएको अपाङ्गता परिचयपत्र वितरण कार्य अव महिनाको १० र २० गते वितरण गरिने निर्णय गरेको छ ।