पथरीमा करदाता सेवा कार्यालय उद्घाटन

फागुन १८ गते, पथरी । संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकालले मोरङको पथरीशनिश्चरे नगरपालिका–१ बुद्धचोकमा आन्तरिक राजस्व सम्वन्धी करदाता सेवा कार्यालय उद्घाटन गरेको छ ।

सोमबार कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ढकालले निर्वाचनको बेला प्रतिबद्धता गरिएको गाउँगाउँमा सिंहदरबार पुरा हुँदै गएको बताए । आफू सरकारमा गएपछि खोला तट्बन्धन भइरहको र सुकुम्बासी समास्या समाधानको पहल भइरहेको बताए ।

कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राई पनि नगरभित्र सुकुम्बसाीहरुको लगत संकलन समाप्त भएको र अव अर्को चरणको काम सुरु हुने बताए ।

पथरी उद्योग वाणिज्य संघको अध्यक्ष दीपक बस्नेत, उर्लाबारी उद्योग वाणिज्य संघको अध्यक्ष प्रितम खड्गी, कानेपोखरी उद्योग वाणिज्य संघका सचिव नविन पौडेल लगायत अतिथि रहेको थिए ।

पथरीमा गत असोज २८ गते देखी करदाता सेवा सुरु भएको थियो । पथरी उद्योग वाणिज्य संघको समेत पहलमा कार्यालय खडा भएको हो । जिल्लाको विराटनगर बाहेक यसअघि विराटचौकमा मात्र करदाता सेवा कार्यालय रहेको थियो ।

कार्यक्रममा युवा नेताहरु भोला अधिकारी, पर्शुराम बस्नेत, रबिन थापा, बिजय डाँगी लगायतको उपस्थिति रहेको थियो । पथरीमा स्थापित करदाता सेवा कार्यालयले पूर्बी मोरङको पथरीशनिश्चरे, कानेपोखारी, लेटाङ, उर्लाबारी र मधुमल्ला गरी पाँच वटा स्थानीय तहको उद्योगी ब्यापारीहरुलाई सेवा प्रदान गर्दै आएको कार्याल प्रमुख होमप्रसाद पराजुलीलीले बताए ।

सम्बन्धित खवर