फागुन २८ गते, पथरी । घर तथा कोठाको सजावटमा भित्ता (वाल) को अहम् भूमिका हुन्छ । कोठाभित्र पस्दा पहिला नजर महँगा समान तथा फर्निचरभन्दा वाल पेन्टिङमै जान्छ ।
यसैले भित्ताको सजावटका लागि विभिन्न किसिमका ‘डेकोरेटिभ प्रडक्टरहरुको प्रयोगमा मान्छेको रुची तथा सोख फरकफरक भेटिन्छ । तथापि भित्तामा सुन्दरता थपेर कोठाको सजावट र शोभा बढाउन ‘पेन्टिङ’ नरुचाउने सायदै होलान् । यद्यपि यो अलिक खर्चिलोे सजावट भएकाले यसलाई सोखसँग जोडेर पनि हेर्ने गरिन्छ ।
भिता(वाल)को विभिन्न डिजाइन पछिल्लो समयमा सबै वर्गमा यस प्रतिको आकर्षण बढ्दै गएको छ । यस घर राम्रो र सुन्दर देखाउन ठुला सहरहरुमा मात्र यस्तो प्रकारको भित्ता(वाल) पेन्टिङ महत्व देखिन्थ्यो तर अहिले यो गाँउघरमा पनि यसको महत्व बढ्न थालेको छ ।
यस्तै व्यवसाय अगाल्दै मोरङको पथरीशनिश्चरे–९ का युवा व्यवसायी ऋषि चौलागाईले पनि पथरी बजारमा मिटु पेन्टसको शोरुम नै सुरु गरेको छ । चौलागाईले खुशी टे«ड्र्स कम्पनी दर्ता गरी घरको कोठा, भित्तामा विभिन्न प्रकारको डिजाइन सहित पेन्टिङ सुरु गरेको हो । यस्तो प्रकारको डिजाइन मार्बल पत्थरको जस्तै आकर्षणको आकार सहितको पेन्टिङ गर्न सकिने भएकोले मार्बल पत्थरको स्थानमा यस्तो मिटु पेन्टस्को पेन्टिङ गर्न सकिने व्यवसायी चौलागाई बताउँछन् ।
घरको बाहिर भित्र सबै तिर नर्मल कलर पनि गर्न सकिने छ । ग्निाईट कलर स्प्रे गनबाट गरिन्छ, जुन नेपालमा नौलो हो । मिटु पेन्टस्मा १ हजार ८ वटा रंगको प्रकार रहेको छ । भित्तको स्प्रे गरी पेन्टिङ गनबाट गरिन्छ । नर्मल कलरहरु रोलरबाट पनि गरिने संचालक बताउँछन् ।
यो मोरङ जिल्ला भरी डिलरको रुपमा संचालित हो । डिजाइनको लागि काठ्माण्डौंबाट ५ जना डिजाइनर ल्याएको र यहाँको ५ जना स्थानीयहरु सहित १० जना डिजाइनरले अहिले भेडेटार र पथरीबजारको ४ वटा घरमा यसको काम भईरहेको व्यवसायी चौलागाईले बताए ।