आत्मनिर्भर बन्न ढाकातान तालिम सुरु

चैत १ गते, पथरी । मोरङको पथरीशनिश्चरे–८ को केर्खा टोलमा दुई महिने ढाकातान तालिमको आइतबार देखी सुरु भएको छ ।

नुमाफुङ महिला समूहको आयोजनामा सुरु भएको तालिमको नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाले उद्घाटन गरेको हो । उपप्रमुख बास्तोलाले महिलाहरु आत्मनिर्भर बन्न यस्ता खाले तालिमको आवश्यकता बुझेर नगरपालिकाले कार्यक्रम प्रदान गरेको बताइन ।

कार्यक्रममा युवा समाजसेवी नविनजंग कार्की सहितले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तालिममा ८ नम्बर वडाका १७ जना महिलाको सहभागिता रहेको छ । नगरको १ लाख ५० हजार रुपैयाँको बजेटमा तालिम सञ्चालन भएको हो ।

सम्बन्धित खवर