बुधबार, कार्तिक १९, २०८२

पथरीमा चैत २० गतेबाट हात्तीपाइले रोग विरुद्धको औषधि सेवन

चैत १ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा चैत २० गतेबाट हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सुरु हुने भएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाले आइतबार ‘पालिकास्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी’को आयोजना गरी चैत २० बाट औषधि सेवन कार्यक्रम अघि बढ्ने जानकारी गराएको हो ।

कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले सहितको उपस्थितीमा सञ्चालित गोष्ठीमा हात्तीपाइले विरुद्धको औषधि सेवन गर्न सबै जुट्न आव्हान गरिएको छ ।

१९ गते नगरमा औषधि खाएर अभियानको उद्घाटन् गरी २० गतेबाट स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकामार्फत वडा वडाका घर घरमा औषधि सेवन गराउने कार्यक्रम रहेको गोष्ठीका सहजकर्ता जगत मगरले जनाए । उनले अव वडा समितिमार्फत वडाका कम्तिमा ४ ठाउँमा गोष्ठी राखेर औषधि सेवन कार्यक्रममा सवैलाई सरिक बनाउने कार्यक्रम रहेको पनि प्रष्ट्याए ।

गोष्ठीमा स्वास्थ्यकर्मी, प्रहरी प्रशासन, अस्पताल, रेडक्रस, ज्येष्ठ नागरिक शिक्षक प्रतिनिधि लगायतको सहभागिता थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.