दुई महिने ढाकातान तालिम सुरु

चैत ३ गते, पथरी । मोरङको पथरीशनिश्चरे वडा नम्बर १० मा सोमबारबाट २ महिने निःशुल्क ढाकातान तालिम सुरु भएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले तालिमको उद्घाटन् गर्दै महिलाहरुको सिपको प्रवद्र्धन गरेर व्यवसायिक बन्नु पर्ने कुरामा जोड दिँदै नगरले ढाकातानलाई नगरको पहिचानको रुपमा अघि बढाउने बताए ।

कार्यक्रममा १० नम्बर वडा कार्यवाहक अध्यक्ष मैनादेवी फूयल आचार्यले पनि शुभकामना मन्तव्य व्यक्त गरे । नगरपालिकाको १ लाख रुपैयाँ बजेटमा नगरस्तरीय प्रगतिशील ढाकातान समितिले आयोजना गरेको तालिममा वडा नम्बर १० र ९ का गरी १२ जना महिलाको सहभागिता गराइएको समिति संयोजक मिनाक्षी तामाङले जनाए ।

सम्बन्धित खवर