राज कुमारी तामाङ
चैत ५ गते, शनिश्चरे । युवा संघ नेपाल पथरीशनिश्चरे ९ नम्बर वडा कमिटिले बुधबार शनिश्चरे बजार सरसफाई गरेको छ ।
‘स्वच्छ र सफा शनिश्चरे बजार’ भन्ने मुल नाराका साथ युवा संघले शनिश्चरे बजार आसपासमा सफाई गरेको हो । संघले पिपल डाडाँ हुर्दै हाटखोला, वडाकार्यालय, शनिश्चरे चौक, ४ नं. वडाकार्यालय अगाडि पुगेर समापन गरेको थियो ।
संघका अध्यक्ष ईश्वर दुलालको संयोजकत्वमा भएको कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, युवासंघ नेपालका केन्द्रिय सदस्य भक्त राई, प्रस्ताबित जिल्ला सदस्य बरुण मोक्तान, नबिन ढकाल, संघका नगर अध्यक्ष किसन राई, २ नं. वडा कमिटि अध्यक्ष भिम्शेन भुपाल राई लगायत सहभागी भएका थिए ।
समापन कार्यक्रममा संंघका केन्द्रिय सदस्य भक्त राईले आफ्नो गाउँको बिकास र समृद्धिका लागि युवाहरुको अहम भूमिका रहने बताए । संघको ९ नं. वडा कमिटि अध्यक्ष दुलालले हामी युवाहरु सधै न्यायको पक्षमा, समाजको हित, सामाजिक कार्यहरुमा अगाडि बढ्नु पर्ने कुरा बताए । उनले आफुले गरेका फोहोरलाई आफैले व्यवस्थापन गर्नुपर्ने, फोहोरलाई सडक पेटीमा जलाउन नहुने, छड, इँटा जस्ता व्यापारिक सामाग्री सडकमा नराख्न आग्रह गरेका छ्न ।