नगरमा १५ हजार बाख्रालाई पीपीआर खोप

चैत ५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा यस पटक १५ हजार बाख्रालाई पीपीआर र ७ हजार गाईं भैंसीलाई खोरेत विरुद्धको खोप लगाइएको छ ।

‘पशुपन्छीहरुलाई खोप लगाऔं, महामारी रोगबाट बचाऔं’, भन्ने नाराका साथ बुधबार पथरीशनिश्चरे नगरपालिका कार्यालयको आयोजना तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र विराटनगरको सहयोगमा संघीय सरकार र प्रदेश सरकारमार्फत खोप उपलब्ध भएको थियो ।

प्रत्येक वडाका लागि पीपीआर विरुद्धको खोप १५ हजार डोज र खोरेतको ७ हजार डोज उपलब्ध गराइएकोमा सो संख्यामै खोप लगाइएको नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले बताए ।

खोप लगाउने कामका लागि पुष्पबहादुर पौडेलको नेतृत्वमा २१ जना पाराभेट्हरुको सहभागिता रहेको थियो । अव सँुगुरमा स्वाइनफिवर विरुद्धको समेत खोप लगाइने कार्यक्रम रहेको छ ।

 

सम्बन्धित खवर