नगरमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यक्रम सुरु

चैत ५ गते, पथरी । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको बाख्रा पकेट कार्यक्रम अन्तर्गत विहिबार पथरीशनिश्चरे १० मा सञ्चालित कार्यक्रमको पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ ।

अरुण बहुउद्धेश्यीय सहकारी संस्थामार्फत सञ्चालित सो कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले कृषिमा आधारित नगरका लागि कृषिको समृद्धिका कार्यक्रम अघि बढ्दै जाने बताए ।

कार्यक्रममा, कार्यवाहक वडाध्यक्ष मैनादेवी फूयल आचार्य र पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाले उन्नत जातको १ सय ६५ वटा बाख्राका पाठी र ४ वटा वोयर बोका खरिद, घाँस खरिद, तालिम, भिटामिन, खोप गरी २६ लाख ९० हजारको बाख्रापालन कार्यक्रम प्राप्त गरेको छ ।

जसमा परियोजनाले १५ लाख र संस्थाले ११ लाख ९० हजार व्यहोर्ने सम्झौता भएको संस्थाका अध्यक्ष तेजराज कटुवालले जनाए । नगरमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत ४ वटा समूहसँग बाख्रा, बंगुर, मौरी पालन र तरकारी पकेट कार्यक्रमको सम्झौता भएको छ ।

सम्बन्धित खवर