उद्घाटन खेलमा बेलडाँगीलाई ११ गोल

चैत ७ गते, पथरी । मोरङको पथरीशनिश्चरे –१० स्थित भुटानी शरणार्थी शिविरमा प्रथम नगर स्तरीय मैत्रीपूर्ण फुटबल टुर्नामेन्ट सुरु भएको छ ।

शनिबार भएको उद्घाटन खेलमा बेलडाँगी भुटानी शरणार्थी शिविर ‘बी’ टिमलाई शून्यको विरुद्ध ११ गोलको गर्दै पथरीशनिश्चरे वडा नम्बर–१ प्रतियोगिताको दोस्रो चरणमा प्रबेश गरेको छ । वडा नम्बर–१ ले पहिलो हापमा ३ र दोस्रो हापमा ८ गोल गरेका थिए ।

पथरीशनिश्चरे –१ का लागि मञ्जिल लिम्बू, फरेस लिम्बू, बिजय लिम्बू, रमेश लिम्बू, बिशाल पाण्डे, मञ्जील खड्का, रबिन राई, शन्तोष गुरुङ, अभय लिम्बूले १–१ र सञ्जय लिम्बुले २ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच वडा नम्बर १ का खेलाडी सञ्जय लिम्बू घोषित भए ।

आइतबारको खेल वडा नम्बर २ र ५ वीच प्रतिष्पर्धा हुने खेल आयोजक समितिको संयोजक रबिन राईले बताए । खेल उद्घाटन कार्यक्रममा पथरीशनिश्चरे–३ का वडाध्यक्ष डम्बर चेम्जोङ लिम्बूको प्रमुख आतिथ्यमा भएको थियो । १० नम्बर वडाका कार्यबाहक वडाध्यक्ष मैनादेखि आचार्य, शिविर सचिव चम्पासिंह राई लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

प्रतियोगितामा नगरपालिकाको १० वडाबाट एक–एक गरी १०, भुटानी शरणार्थी शिविर शनिश्चरे र झापाको बेलडागीबाट दुई–दुई गरी १४ टिम सहभागी हुने आयोजक कुमारकृष्ण राईले बताए ।

चैत्र २० सम्म हुने खेलमा बिजेता टिमलाई ७५ र दोस्रो हुने टिमलाई ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक रबिन राईले बताए । खेलमा वडाबाट खेल्ने खेलाडि वडा बाहिर र शिविरबाट खेल्ने खेलाडि शिविर बाहिरको हुन नहुने आयोजन समितिले जनाएको छ ।

 

सम्बन्धित खवर