शिक्षक संगठन कानेपोखरीको दोस्रो गाउँ अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज थापा

चैत ८ गते, केरौन । नेपाल राष्ट्रिय शिक्षक संगठन कानेपोखरी गाउँपालिकाको दोस्रो गाउँ अधिवेशन शनिबार सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले अध्यक्ष पदमा धर्मराज थापा सहित १७ सदस्य समिति सर्बसम्मत चयन भएको छ ।

त्यसैगरी उपाध्यक्षमा सञ्जिव खड्का र इन्द्रकला राई, सचिवमा होम प्रसाद न्यौपाने, कोषाध्यक्षमा लिलानाथ निरौंला, सहसचिवमा धनुकला राई, सहकोषाध्यक्षमा अनु श्रेष्ठ सर्बसम्मत चयन भएको हो ।

त्यसैगरी सदस्यहरुमा पर्शुरामा पौडेल, मुकेश राउत, खेम प्रसाद लुइटेल, कृष्ण प्रसाद आचार्य, दौलत रिजाल, चन्द्र मगर, बसन्त कुमार खाँण ठकुरी, निर्मला जोगी, मनिशा परियार र अनिल कार्की रहेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि नेपाल शिक्षक महासंघ केन्द्रिय सदस्य धर्मनन्द खरेल रहेका थिए । विशिष्ट अतिथि नेपाल शिक्षक महासंघ मोरङ जिल्ला अध्यक्ष दामोदर सिग्देल र अतिथि नेकपा एमाले गाउँ अध्यक्ष भोला अधिकारी लगाएत रहेका थिए ।

 

 

 

सम्बन्धित खवर