नगरमा कृषि तथा पशुपंक्षी सञ्जाल गठन

चैत ८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरका वडामा कृषि तथा पशुपंक्षी सञ्जाल गठन कार्य सुरु भएको छ ।

नगरको कृषि तथा पशुपंक्षी शाखाको पहलमा आइतबार वडा नम्बर १० मा सञ्जाल गठन भएको हो । वडा कार्यालयमा भएको कृषक तथा पशुपालकहरुको भेलाले कमलबहादुर बुढाथोकीको अध्यक्षतामा वडाका टोल तथा क्षेत्र समेटेर ९ सदस्यीय सञ्जाल गठन गरेको हो ।

समितिको सचिवमा टंकप्रसाद फूयाल, कोषाध्यक्षमा मीना तामाङ तथा सदस्यहरुमा वीरबहादुर बस्नेत, उजुरबहादुर राई, शान्ता राई, कुमार विश्वकर्मा, दानबहादुर लिम्बू र नगेन्द्र ढकाल चयन हुनु भएको छ ।

कार्यक्रममा बोल्दै कार्यवाहक वडाध्यक्ष मैनादेवी फूयल आचार्य, पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल, कृषि शाखाका कर्मचारी टीकादेवी राईले कृषक तथा पशुपालकहरुको समग्र हकहित तथा व्यवसायिक प्रवद्र्धनमा योजना तय गर्ने काममा लागि सञ्जालको महत्व रहने बताए ।

सम्बन्धित खवर