भुटानी शरणार्थी शिविर फुटबल कपः वडा नं. ९ दोस्रो चरणमा प्रवेश

चैत ९ गते, पथरी । मोरङको पथरीशनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगर स्तरीय मैत्रीपूर्ण फुटबल खेलमा वडा नं. ९ दोस्रो चरणमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा ४ नम्बर वडालाई १—३ गोल अन्तरले पराजित गर्दै वडा नं ९ प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो । खेल बिजेता वडा नं. ९ को लागि घनश्याम चौहान, सेनेहाङ लिम्बूले पहिलो हापमा एक–एक गोल गरेका थिए ।

दोस्रो हापमा सोही टिमका सेनेहाङ लिम्बूले गोल थपेका थिए । खेलको अन्तिम समयमा ३ नम्बरका खेलाडि सनम अधिकारीले एक गोल फर्काएका थिए । खेलको म्यान आफ द म्याच बिजेता ९ नम्बर वडाका खेलाडि घनश्याम चौहान घोषित भए ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि ४ नम्बर वडा अध्यक्ष गोबिन्द भण्डारीको हातबाट नगद पुरस्कार प्रदान गरिएको थियो । मंगलबारको खेल वडा नं. ८ र आयोजक ‘बी’ टिम वीच प्रतिष्पर्धा हुने खेल आयोजक समितिको संयोजक कुमार राईले बताए ।

सम्बन्धित खवर