चैत ९ गते, पथरी । मोरङको पथरीशनिश्चरे वडा नम्बर ४ र ९ को सीमामा पर्ने जरायोटोलमा कल्भर्ट निर्माण कार्यको सोमबार शिलान्यास भएको छ ।
नगर उपप्रमुख यमुना विष्ट बास्तोला, ४ नम्बर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी सहितले कल्भर्ट निर्माण कार्यको शिलान्यास गरेका हुन । नगरपालिकाको ११ लाख, उपभोक्ताबाट १ लाख ३५ हजार र ४ हजार २ सय रुपैयाँ बराबरको उपभोक्ता श्रमदान समेत गरी कल्भर्टका साथै बाटो फिलिङ र वाल समेत निर्माण गरिने उपभोक्ता समिति अध्यक्ष लक्ष्मीप्रसाद फुयालले जनाए ।
नगर उपप्रमुख वास्तोलाले सोही बाटोको सिमाना रहेको बोलीमा समस्या भएका एक विपन्न व्यक्तिको जीर्ण अवस्थाको घरको पनि अवलोकन गर्दै केही सहयोग जुटाउन पहल गर्ने बताए ।