चैत ९ गते, पथरी । मोरङको पथरीशनिश्चरे वडास्तरीय अपाङ्गता सम्बन्धी मिलिजुली समूह गठनका क्रममा आज वडा नम्बर १० मा समूह गठन भएको छ ।
नगरको अपाङ्गता पुनस्र्थापना कार्यक्रम( सीबीआर) मार्फतको भेलामा विष्णुमाया अधिकारीको अध्यक्षतामा अपाङ्गता भएका व्यक्ति र अपाङ्गता भएकाहरुको अभिभावक सम्मिलित ९ सदस्यीय समिति गठन भएको छ ।
समितिको उपाध्यक्षमा सुनिता राई, सचिवमा शेरबहादुर तामाङ, सहसचिवमा तिलबहादुर पाण्डे र कोषाध्यक्षमा रुद्रमाया काङ्वा चयन हुनु भएको छ । सदस्यहरुमा, गंगा श्रेष्ठ, नगेन्द्र थापामगर, रीता थापा र निर्मला बस्नेत चुनिएका छन् ।
कार्यक्रममा कार्यवाहक वडाध्यक्ष मैनादेवी फूयल आचार्य, अपाङ्गता सम्बन्धी नगर समितिका अध्यक्ष राजेन्द्र दहाल, सीबीआरका प्रतिनिधि सम्झना बर्देबा सहितले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।सोही कार्यक्रममा चैत २० गतेबाट सुरु हुने घर घरमा हात्तीपाइले रोग बिरुद्धको आम औषधि सेवन कार्यक्रममा सहभागि हुन समेत नगरको स्वास्थ्य शाखाल जानकारी गराएको छ ।