भुटानी शरणार्थी शिविर फुटबल खेलको उपाधि वडा नं ३ ले जित्यो

चैत २३ गते, पथरी । मोरङको पथरीशनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगर स्तरीय मैत्रीपूर्ण फुटबल खेलको उपाधि वडा नम्बर ३ ले हात पारेको छ ।

सोमबार सम्पन्न प्रतियोगीतामा वडा नम्बर– ८ लाई टाईबे्रकरमा पाखा लगाउदै ३ नम्बर वडाले उपाधि जितेको हो । निर्धारित समय गोल रहित बराबरीमा टुङ्गिए पछि खेलको छिनोफानो टाईबे्रकरले गरेको थियो ।

विजेता वडा नम्बर –३ ले सारा फागो, वेन्जामिन लिम्बु, जुनियर साँवा र जहरमान लिम्बूले गोल गरे । उपविजेता वडा नम्बर–८ का लागि एली लिम्बु, महेन्द्र मगर र समिर याख्खाले गोल गरेका थिए । प्रतियोगतिाको फाइनल खेलको म्यान अफ द म्याच विजेता टोलीका गोल रक्षक चेतन खतिवडा बनेका थिए । प्रतियोगीताकै उत्कृष्ट गोल रक्षकको उपाधि पनि खतिवडाले जितेका थिए ।

विजेता वडा नम्बर– ३ ले नगद ७५ हजार रुपैँया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए भने उपविजेता वडा नम्बर –८ ले नगद ५० हजार,, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

प्रतियोगीताको उत्कृष्ट डिफेन्डर वडा नम्बर –३ का समिर याख्खा, सर्वाधिक गोलकर्ता वडा नम्बर– ९ का सेनेहाङ लिम्बु, उत्कृष्ट मिड–फिल्डर–८ नम्बर वडाका सुजन खत्री, सर्वोत्कृष्ट खेलाडि वडा नं.–३ का जहरमान लिम्बू बनेका खेलाडीहरुलाई जनहीँ ३ हजार रुपैयाँ पु

सम्बन्धित खवर