बाख्रा तथा बंगुरपालन सम्बन्धी सिप विकास तालिम सम्पन्न

बैशाख ७ गते, पथरी । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरको ३ वटा वडाका लागि आयोजित बाख्रा तथा बंगुरपालन सम्बन्धी सिप विकास तालिम सम्पन्न भएको छ ।

२ नम्बर वडामा आयोजित तालिममा सो वडाका अध्यक्ष यामप्रसाद गुरागाईंले प्रशिक्षार्थीलाई पूर्ण व्यवसायिक बनेर अघि बढ्ने शुभकामना व्यक्त गर्नुभयो ।
लघु उद्यम विकास शाखा प्रमुख हेमचन्द्र दहालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा पशुपंक्षी शाखाका पर्वत शाह, वरिष्ठ उद्यम विकास सहजकर्ता सपना कार्की र उद्यम विकास सहजकर्ता भगवती कटुवालले सहजिकरण गर्नुभयो ।

यसअघि छनौटमा परेका वडा नम्बर १, २ र ३ का २९ जना पशुपालकहरुका लागि ५ दिने सिप विकास तालिम प्रदान गरिएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको २५ लाखको लागतमा कार्यक्रम अघि बढेको हो ।

सम्बन्धित खवर