पूर्व विद्यार्थी मिलन केन्द्रद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

बैशाख १२ गते, बयरवन । मोरङ कानेपोखी –६ मा रहेका जनसेवा माविका २०५० सालको पूर्व विद्यार्थी मिलन केन्द्रले सामुदायिक विद्यालयको छात्राछात्रलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

विद्यार्थीहरुलाई सामाग्री वितरण गर्ने क्रममा शुक्रबार वडा नं. ४ को पञ्चकन्या प्राविमा अध्ययनरत ४५ जना छात्राछात्रलाई शैक्षिक सामाग्री वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र विशेष अतिथि राजमती इङ्नामले विद्यार्थिहरुलाई शैक्षिक सामाग्री वितरण गरेका थिए । किताब राख्ने झोला र माक्स लगाएतका सामाग्री वितरण गरेका हो ।

कार्यक्रममा अतिथिको रुममा रहेका पालिकाका प्रमुख प्रशासकिय अधिकृत गायत्र श्रेष्ठले पनि शैक्षिक सामाग्री वितरण गरेका थिए । सो विद्यालयमा विपन्न वर्गका चौधरी र ऋषिदेव लगाएतका छोराछोरी अध्ययनरत छन् । मिलन केन्द्रका सदस्य हाल अमेरिकामा रहेका अनुपराज भट्टराई र कुबेत बस्ने जिरो ऋषिदेवको आर्थिक सहयोगमा शैक्षिक सामग्री वितरण गरेका मिलन केन्द्रका नगेन्द्र बस्नेतले बताए ।

कार्यक्रम नगेन्द्र बस्नेतले संचालन गरेको थिए भने सभापती पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चमक बहादुर कार्की रहेका थिए । त्यसैगरी वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत, वडा सदस्यहरु रोषन लामिछाने गुरुङ, शिव दुलाल दानबहादुर बस्नेत, कृष्ण कुमारी गुरुङ, चित्रबहादुर राई र टंकेश्वरी याक्खा लगाएत अतिथि रहेका थिए ।

 

सम्बन्धित खवर