स्वास्थ्यको मापदण्ड अपनाउर्दै योजनाहरुको अनुगमन्

बैशाख १५ गते, पथरी । कोरोना सतर्कता सम्बन्धी स्वास्थ्यको मापदण्ड अपनाएर मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका योजनाहरुको अनुगमन् कार्य जारी राखिएको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको नेतृत्वमा प्राविधिक सहितको अनुगम् टोलीले वडा नम्बर १० का २ योजना अनुगमन् गरेको छ ।

वडा कार्यालयको १५ लाख रुपैयाँको स्टिमेटमा शिवालय मन्दिर दक्षिणको ऐयावारी टोलका लागि विजुलीको ८० वटा पोल जडान र अन्य पोलमा समेत गरी १ सय ८ वटा सडक वत्ती जडानको योजना अनुगमन् गरिएको छ । जसमा ७ वटा विजुलीको मिटर बक्स र ४ वटा कन्ट्रोलर समेत जडान भएको छ ।

त्यस्तै, वडाको १५ लाखको बजेट स्टिमेटमा अमरहाट त्रिवेणीमार्गको सडक ग्राभेल र वाल निर्माणको योजनाको अनुगमन् गर्दै थप व्यवस्थित गर्न सुझाव दिइएको छ ।

 

सम्बन्धित खवर