जेठ १४ गते, पथरी । मोरङको पथरीशनिश्चरेका स्वास्थ्य निकायका लागि कोरोना संक्रमणबाट जोगिनका स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराउने क्रम बढेको छ ।
यस क्रममा पछिल्लो पटक पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी स्मृति फाउण्डेशन्ले ४५ थान पीपीइ सेट, २० थान अक्सिमिटर, १५० थान एन नाइन्टीफाइभ मास्क, १ हजार थान सर्जिकल मास्क तथा हेडसिल्ड, बुट, सोडियम हाइपोक्लोराइड, सेनिटाइजर र ग्लोब उपलब्ध गराएको हो ।
पथरी नगर अस्पताल सहितका नगरका स्वास्थ्य चौकीका लागि उपलब्ध गराइएका ती स्वास्थ्य सामग्री फाउण्डेशनका सदस्य एवम् संविधानसभा सदस्य चण्डीप्रसाद राईको अगुवाईमा नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य सहितका स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरिएको थियो ।