बुधबार, माघ २१, २०८२

शारीरिक अपाङ्ता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण

भदौ ३० गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्र भित्रका शारीरिक अपाङ्ता भएका व्यक्तिहरुका लागि छुट भएका सहायक सामग्री वितरण गरिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन् र नगरपालिकाको सहकार्यमा अपाङ्ता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत ह्विल चियर, वैशाखी, टवाइलेट चियर, सेतो छडी, ट्राइसाइकल, वाकर, एल स्टीक, ट्राइपोड स्टीक, कान सुन्न सहयोग पुर्याउने हेयरिङ एड मेसिन सहितका सामग्री वितरण भएका हुन् ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको नेतृत्वमा बुधबार वडा नम्बर ८, ९ र १० सामग्री वितरण गरिएको छ । कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्य, निर्मला गदाल, ९ नम्बर वडा सदस्य इन्द्रावती गुरुङ सहितले सामग्री वितरण गरेका थिए ।

वितरण कार्यमा करुणा फाउण्डेशनका उमेश कुँवर, नगरको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलको सहभागिता रहेको थियो । अपाङ्ता भएर समस्या भोगिरहेका केहि व्यक्तिहरुको अवस्थाका बारेमा पनि जानकारी लिइएको छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.