बिहिबार, कार्तिक १३, २०८२

अनेमा संघको वडा नम्बर ७ कमिटी गठन, अध्यक्षमा इश्वरी जोगी

असोज ३ गते, बयरवन । नेपाल कम्युनिष्ट पार्टी(एमाले) निकट अखिल नेपाल महिला संघ कानेपोखरी गाउँ कमिटिले वडा नं. ७ को वडा कमिटि गठन भएको छ ।

शनिबार भएको भेलाले इश्वरी जोगी(घिमिरे) को अध्यक्षतामा ३१ सदस्य वडा कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा बिमला कटेल, सचिवमा निर्मला अधिकारी, सहचिवमा मिना लिम्बु र कोषाध्यक्षमा देवी सुब्बा रहेका छन् । त्यसैगरी सदस्यहरुमा सिता चेम्जोङ, अनु विक, हिरा नेपाली, झुना श्रेष्ठ, मधु दाहाल, अनिता खड्का, चन्द्रमाया लिम्बु लगाएत रहेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि एमाले जिल्ला सल्लाहकार समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, जिल्ला कमिटि सचिवलाय सदस्य तथा गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम, नेकपा एमाले कानेपोखरी गाउँकमिटिका अध्यक्ष दानबहादुर बस्नेत, गाउँ कमिटि सचिवलाय सदस्य तथा ७ नम्बर वडाध्यक्ष मोहन प्रसाद अधिकारी लगाएत अतिथि रहेका थिए । कार्यक्रमको सभाध्यक्ष कमिटिका अध्यक्ष मुना श्रेष्ठले गरेकी थिइन् भने संचालन सचिव खिना दाहालले गरेका थिइन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.