सोमवार, पुस २८, २०८२

गीता कार्कीको अध्यक्षतामा अनेमा संघको वडा नम्बर ६ कमिटी गठन

असोज ४ गते, बयरवन । नेपाल कम्युनिष्ट पार्टी(एमाले) निकट अखिल नेपाल महिला संघ कानेपोखरी गाउँ कमिटिले वडा नं. १ को वडा कमिटि गठन भएको छ ।

आइतबार भएको भेलाले गीता कार्कीको अध्यक्षतामा ४१ सदस्य वडा कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा इन्दिरा धिमाल, सचिवमा यसोदा खड्का, सहचिवमा लक्ष्मि लिम्बु र कोषाध्यक्षमा निर्मला पराजुली चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा रुपा धिमाल, बिन्दु कार्की, शान्ता मगर, भरना लिम्बु, गोमा पुरी लगाएत छन् ।

कार्यक्रमको प्रमुख अतिथि एमाले जिल्ला सल्लाहकार समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, जिल्ला सचिवलाय सदस्य तथा गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम, जिल्ला सदस्य भोला अधिकारी, गाउँपालिका कमिटि अध्यक्ष दानबहादुुर बस्नेत, राष्ट्रि युवा संघ नेपालका जिल्ला अध्यक्ष नविन पौडेल, गाउँ कमिटि सचिवलाय सदस्य मोहन प्रसाद अधिकारी र खड्ग बस्नेत, एमाले ६ नं. अध्यक्ष कुमार फुयल, राष्ट्रि युवा संघ नेपाल कानेपोखरीका संयोजक अशोक फुयल,जिल्ला सदस्य एविन पाठक लगाएत अतिथि रहेका थिए । कार्यक्रमको सभाध्यक्ष कमिटिका अध्यक्ष मुना श्रेष्ठले गरेकी थिइन् भने संचालन सचिव खिना दाहालले गरेका थिइन्।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.