बुधबार, साउन २७, २०८३

कानेपोखरी ७ नम्बर वडामा २ सय २६ जनाले निःशुल्क आँखा जाँच गराए

कात्र्तिक १३ गते, पथरी । मोरङको कानेपोखरी गाउँपालिका ७ नम्बर वडाले निःशुल्क आँखा शिविरको कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार ७ नम्बर वडामा भएको आँखा शिविरमा कार्यक्रममा वडाका २ सय २६ जनाले आँखा जाँच गरेका थिए । आँखा जाँच गरेका मध्ये ३४ जनालाई मोतीयाविन्दु भएको र २३ जना भने आँखा अप्रेशन गर्नुपर्ने भएको ७ नम्बर वडाध्यक्ष मोहन प्रसाद अधिकारीले बताए । अप्रेशनको लागि आजै गएको र उनीहरुको यातायाता खर्च समेत वडाले दिएको अध्यक्ष अधिकारीले बताए ।

रामलाल गोल्छा आखा अस्पताल प्रतिष्ठान विराटनगरको प्राविधिक सहयोगमा भएको आँखा शिविरमा तीजकोली फाउन्डेसन तथा तिल गंगा आँखा अस्पतालको समेत सहयोग गरेको थियो ।

कार्यक्रमको सुरु औपचारीक कार्यक्रमबाट गरिएको थियो । वडाध्यक्ष मोहनप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कानेपोखरी गाउँपालिका अध्यक्ष तारा बहादुर काफ्ले प्रमुख अतिथि, रामलाल गोल्छा आँखा अस्पतालका सागर पोख्रेल विशिष्ट अतिथि रहेका थिए भने कार्यक्रम संचालन कानेपोखरी स्वास्थ्य शाखा प्रमुख रोहिन्द्र राज भण्डारीेले संचालन गरेको थियो ।

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.