नेकपा एमाले १० नम्बर वडाको टोल कमिटि गठन

भूमिप्रसाद पाठक, मंसिर २१ गते, पथरी । नेपाल कम्युनिष्ट पार्टी(एमाले) पथरीशनिश्चरे–१० नम्बर वडाको टोल कमिटी गठन भएको छ ।

मंगलबार जिरिखिम्ती स्थित पशुपतिनगरमा टोल भेला गरी टोल नं–१ कमिटि गठन भएको हो । भेलाले धनबहादुर श्रेष्ठको अध्यक्षतामा १७ सदस्य टोल कमिटी गठन भएको युवा नेता अनोज धिमिरेले बताए । त्यसैगरी उपाध्यक्षमा विन्दु मगर, सचिवमा रोशन ढुङ्गाना, उपसचिवमा भावना राई चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सुनिता राई, सूर्यवहादुर सङ्गौला, छवि थापा, सूर्यबहादुर राई, सरोज दाहाल, हिमाल कार्की, शारदा पौड्याल, यमुना वि.क., अम्बिका वि.क, भीमबहादुर भूजेल, बुद्धिमाया पौड्याल, सोममाया मगर, सरिता लिम्बु, दुर्गा मगर, दुर्गा बस्नेत, ख्याम मगर र राजकुमार तामाङ रहेको छ ।

त्यसैगरी पार्टीलाई चुस्तदुरुस्त चलायमान बताउन ५ सदस्यीय सल्लाहकार सदस्य चयन भएको छ । दलबहादुर थापा, ठाकुरप्रसाद दाहाल, गंगाबहादुर कार्की, गिता कार्की र उद्धव कार्कीले सल्लाहकारको जिम्मेवारी पाएका छन् । उक्त कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले मोरङ जिल्ला कमिटि सदस्य भगतचन्द्र थपलिया रहेका थिए ।

अतिथिमा एमाले नेतृ मनकुमारी वि.क. पनि रहेका थिए । कार्यक्रमको अध्यक्षता नेकपा एमाले वडा नं– १० का वडा कमिटि अध्यक्ष पर्वत थापाले गरेका थिए भने संचालन वडा सचिव सञ्जय राईले गरेका थिए ।

सम्बन्धित खवर