पथरी शनिश्चरेमा एमाले प्रदेश अधिवेशनको लागि प्रतिनिधि छनौट सर्वसम्मत

असोज ५, कानेपोखरी । एमालेको प्रदेश अधिवेशनको लागि प्रतिनिधि छनौट सर्वसम्मत नभए आज चुनाव हुदैछ । एमाले पथरी शनिश्चरे नगर कमिटीले लामो छलफलबाट विहिबार मात्र सर्वसम्मतरुपमा प्रतिनिधि टुङ्ग्याएको छ ।

खुल्ला तर्फ देवराज भण्डारी, दिलिप कुमार राई(किशोर), पर्शुराम मिश्र, तिर्थ आचार्य र प्रेम प्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै महिला तर्फ यामुना विष्ट बास्तोला, अरुणा राई र अम्बिका सुब्बा तीनजना सर्वसम्मत चयन भएका हुन ।

युवा तर्फ विजय डाँगी सर्वसम्मत भएका छन् । ९ जना प्रतिनिधि छनौट हुनुपर्नेमा जम्मा १० जनाले उम्मेद्वारी दिएका थिए । महिला तर्फ तीन जना मात्र उम्मेद्वारी परेको थियो । खुल्ला तर्फ पर्शुराम कटुवालले उम्मेद्वारी फिर्ता लिएपछि विहिबार मात्र सर्वसम्मत भएका थिए ।

प्रदेश अधिवेशनको लागि असोज २ गते ९ बजेदेखि १ बजे सम्म उम्मेद्वारी दिने समय रहेको थियो ।

 

सम्बन्धित खवर