दमक । लिम्बू पत्रकार संघ झापाको तेस्रो अधिवेशनले देशराज नेम्बाङको अध्यक्षतामा ९ कार्य समिति निर्वाचित भएका छन् ।
शनिबार झापाको दमकमा भएको सम्पन्न अधिवेशनले उपाध्यक्षमा उर्मीला लिम्बू, सचिवमा धनबहादुर थेवे र कोषाध्यक्षमा गंगा बेघा निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा पुष्पा जबेगु, कौशीला लिम्बू, अविन लिम्बू, याम खेवा र धनकुमार लावती रहेका छन् । भेलाले केन्द्रीय प्रतिनिधि पनि चयन गरेको छ । केन्द्रीय प्रतिनिधिहिरुमा सेसेमी से नाल्बो, दिलकुमार लावती, सेसेहाङ फियाक, विशाल नेम्बाङ, मनकुमारी पन्दाक र सचित आनन्द सुब्बा रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि लिम्बु पत्रकार संघ केन्द्रीय अध्यक्ष देवेन्द्र खापुङ, विशेषअतिथिहरु उपाध्यक्ष विजयवोध लावती र महासचिव मिलन लिम्बुले शुभकामना मन्तव्य दिएका थिए ।