भदौ १९ गते, पथरी । नेकपा एमाले मोरङले सुन्दरहरैचा नगरपालिका स्थित विराटचौकमा अगुवा कार्यकर्ता भेला भोली आइतबार गर्ने भएको छ ।
एक साता अघि नेकपा एमाले जिल्ला कमिटिको बैठकले सुन्दरहरैचा नगर स्थित बिराटचौकको जेसिस भवनमा अगुवा कार्यकर्ता भेला गर्ने भएको हो । आईतबार हुने भेलामा अगुवा कार्यकर्ता सहभागी हुने नेकपा एकाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए ।
पार्टी विभाजन पछि एमालेले पहिलो पटक मोरङमा अगुवा कार्यकर्ता गर्न लागेको हो । पार्टी तथा जनसंगठनहरुलाई सक्रिय बनाउनका लागि भेला आयोजना गर्न लागिएको पोखरेलले बताए । पहिलाको जस्तो अबस्थामा पार्टी रहन नसक्ने र अब पार्टीलाई तिब्र गतीदिनका लागि पनि यो भेला महत्वपुर्ण हुने नेकपा एमाले मोरङले जनाएको छ ।