आइतवार, बैशाख १३, २०८३

कानेपोखरीको ७ नम्बर वडामा मदन भण्डारी स्पोर्ट्स ऐकेडेमी गठन, अध्यक्षमा सुमन

असोज १० गते, पथरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नं. ७ मा मदन भण्डारी स्पोर्ट्स एकेडेमीको वडा कमिटी गठन भएको छ ।

वडा भेलाबाट सुमन राईको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यषमा उपाध्यक्षमा बद्री ढकाल, सचिवमा गोविन्द दाहाल, सह–सचिवमा टंक भुजेल र कोषाध्यक्षमा रिता नेपाल चेम्जोङ चयन भएका छन् ।

एमाले जिल्ला सल्लाहकार संयोजक तथा कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले प्रमुख अतिथि, बिशेष अतिथि एमाले जिल्ला सदस्य तथा गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम, अतिथिहरु नेकपा एमाले जिल्ला सदस्य भोला अधिकारी, नेकपा एमाले कानेपोखरी गाउँ कमिटीका अध्यक्ष दानबहादुर बस्नेत, राष्ट्रिय खेलकुद महासंघ केन्द्रिय सचिवालय सदस्य चरण गुरुङ, नेकपा ऐमाले कानेपोखरी गाउँ कमिटी सचिवलाय सदस्य मोहनप्रसाद अधिकारी, राष्ट्रिय युवा संघ नेपाल केन्दिय सचिवलाय सदस्य तथा मदन भण्डारी स्पोर्ट्स ऐकेडेमी मोरङ अध्यक्ष भुपाल श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपाल केन्दिय सचिवलाय सदस्य तथा मोरङ जिल्ला अध्यक्ष नवीन पौडेल, खेलकुद महासंघका केन्द्रीय सदस्य कुमार फुयाँल, युवा संघ गाउँ कमिटी संयोजक अशोक फुयाँल लगायतको उपस्थिती थियो ।

नेकपा ऐमाले वडा नं. ७ का पार्टी अध्यक्ष हरिप्रसाद न्यौपानेको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रम संचालन मदन भण्डारी स्पोर्ट्स एकेडेमी गाउँ कमिटी सचिव राजकुमारी तामाङले गरेकी थिइन ।

 

 

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.