टेबल टेनिसमा एभरेष्टलाई दुई इभेन्टमा उपाधी

साउन ३१, विराटनगर । विराटनगरमा आयोजित प्रथम देवीबहादुर कट्वाल र कपिलबहादुर पाण्डे स्मृति टेबलटेनिस प्रतियोगितामा विराटनगरको एभरेष्ट स्कुलले दुई इभेन्टको उपाधि जितेको छ । विभिन्न इभेन्ट्समा भएका खेलमा एभरेष्टका खेलाडीले ओपन जुनियर ब्वाइज सिंगल र गर्ल्स सिंगल इभेन्ट्स जितेका हुन् । विभिन्न इभेन्ट्समा भएका खेलमा सेन्टमेरिज, बुढानिलकण्ठ, अरनिको र लिलिपुट स्कुल विजयी भए ।

विराटनगर टेबलटेनिस क्लबले आयोजना गरेको प्रतियोगितामा ओपन जुनियर ब्वाइज सिंगलतर्फ एभरेष्ट स्कुलका सुशान्त मेहता विजयी भए । बुढानिलकण्ठ स्कुलका रुपेश श्रेष्ठलाई १२–१०, ११–८, ९–११ र ११–८ ले स्कोरले पराजित गर्दै उपाधि जितेका हुन् । लिलिपुटका श्रीजल प्याकुरेल र लिलिपुटकै पृथकराज राई तृतीय भए ।

गर्ल्स सिंगलतर्फ एभरेष्ट स्कुलकी कृपा पोखरेल विजयी भइन् । श्री श्री रविशंकरकी स्वाती शाहलाई ११–६, ९–११, ११–९ र ११–९ स्कोरले हराउँदै पोखरेललले उपाधि जितेकी हुन् । श्री श्री रविशंकरकी सिम्रन सुवेदी र सेन्टमेरिजकी स्वर्णीमा बुढाथोकी तृतीय भए ।

ओपन जुनियर गर्ल्स सिंगलतर्फ सेन्टमेरिजकी आर्नवी भट्टराईले सोही स्कुलकी विज्ञता थापालाई ११–७, ११–५ र ११–६ सोझो सेटमा पराजित गर्दै उपाधि जितिन् । सेन्टमेरिजकी मनिमा दाहाल र मानसी सेठिया तृतिय भए ।

क्याडेट गर्ल्स सिंगलतर्फ बुढानिलकण्ठ स्कुलकी मानसी तामाङले अरनिकोकी सुवेक्षा कर्णलाई ११–५ र ११–५ सेटमा हराउँदै उपाधि जितिन् । पिटर प्यान स्कुलकी प्रेशिका न्यौपाने र इशिका अग्रवाल तृतिय भए ।

क्याडेट ब्वाइज सिंगलतर्फ अरनिको स्कुलका आयुद्ध भण्डारीले एभरेष्ट स्कुलका रेहन यादवलाई ११–८ र ११–९ को सेटमा पराजित गर्दै उपाधि जिते । सगरमाथा स्कुलका जीवन पण्डित र बुढानिलकण्ठ आयन श्रेष्ठ तृतीय भए ।

ब्वाइज सिंगलतर्फ लिलिपुटका श्रीजल प्याकुरेलले बुढानिलकण्ठका रिजन पाण्डेलाई ११–७, ६–११, ११–७ र ११–३ स्कोरले हराउँदै उपाधि जिते । सगरमाथाका अभिषेक मुखिया र श्री श्री रविशंकर सक्षम बस्नेत तृतीय भए ।

प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र कोशी प्रदेशसभाका सदस्य केदार कार्की, टेबलटेनिस संघका केन्द्रीय सदस्य अनुज बानियाँ, आयोजक क्लबका अध्यक्ष बिकेन थापालगायतले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा विराटनगरका १६ वटा निजी विद्यालयबाट १ सय ८० जना खेलाडीहरुले ब्वाइज र गल्र्स सिंगल, क्याडेट ब्वाइज र गल्र्स तथा जुनियर ब्वाइज र गल्र्सका इभेन्ट्समा सहभागिता जनाएका थिए ।

सम्बन्धित खवर