बिहिबार, मंसिर ४, २०८२

नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड माघ २७ देखि हुने

पथरी । पथरीशनिश्चरे नगरपालिकाले माघ २७ देखि स्थानीय तह स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

शिक्षा समितिको बुधबार बसेको वैठकले माघ २७ देखि २९ सम्म पञ्चायत माध्यामिक विद्यालयमा हुने निर्णय गरेको हो । प्रतियोगिताको व्यवस्थापन तथा निर्देशनका लागि नगर प्रमुख दिलीपकुमार राईको संयोजकत्वमा समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत अम्विकाप्रसाद धमला, १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन, शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, इलाका प्रहरी कार्यालयका प्रतिनिधि अनीलकुमार पौडेल, जिल्ला खेलकुद समितिले तोकेको प्रतिनिधि मणि लिम्बू, शिक्षकहरु दीपेन्द्र धमला, भूमिका मगर, चुडामणि भट्टराई, वीना राई चयन भएका छन् ।

जिल्ला खेलकुदले तोकेको प्रशिक्षक सहितका ३ जना सदस्य पनि रहने छन् । सदस्य सचिवमा पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीलाई चयन गरेको छ । साथै वैठकले नगर भित्रका विद्यालयहरुबीचको सो प्रतियोगिता सञ्चालनका लागि खेलकुद सञ्चालन उपसमिति र विवाद समाधान उपसमिति समेत गठन गरेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.