शुक्रबार, साउन २९, २०८३

दोस्रो अन्तर वडा फुटबल प्रतियोगिताको उपाधि मातृभूमि क्लबले जित्यो

कात्र्तिक २९ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका ४ नम्बर वडाको आयोजनामा भएको दोस्रो अन्तर वडा फुटबल प्रतियोगिताको उपाधि मातृभूमि समाज सेवा क्लब(ए)ले जितेको छ ।

शुक्रबार भएको फाइनल खेलमा प्रगतीशिल समाज सेवा क्बल पिङ्डाँडालाई मातृभूमि समाज सेवा क्लब(ए)ले ०–६ गोलको अन्तरले विजय हुँदै उपाधि जितेको हो । उक्त खेलको म्यान अफ द म्याच प्रगतिशिल समाज सेवा क्लबको दिलिपकुमार तामाङ घोषित भएका थिए ।खेलमा मध्यान्तर अछि खम्बु राईले २ गोल र बिष्णु सुब्बाले १ गोल लगाएका थिए । त्यसैगरी मध्यान्तर पछि आलोक लिम्बुले १ गोल, दिपेश थापाले १ गोल र नारायण खड्काले १ गोल लगाएका थिए । खेल अवधिभर प्रगतिशिल समाज सेवा क्बल पिङडाँडाले निक्कै गोल गर्ने प्रयास गरेता पनि त्यापे प्रयासलाई मातृभूमि समाज सेवा क्लबका डिफेन्सले असफल बनाईदिएका थिए ।

मातृभूमि समाज सेवा क्लब(ए)ले प्रथम पुरस्कार १५ हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र पाएका थिए । प्रथम पुरस्कार वडा अध्यक्ष धनबहादुर राईले प्रदान गरेका थिए । त्यसैगरी दोस्रो पुरस्कार उपविजेता टिम प्रगतिशिल समाज सेवा क्बल पिङडाँडालाई १० हजार नगद, मेडल र ट्रफि पाएका थिए । दोस्रा पुरस्कार वडा सदस्य रोशन लामिछाने गुरुङ, शिव दुलाल र श्यामकुमारी विकले प्रदान गरेका थिए । त्यसैगरी म्यान अफ द सिरिज उपविजेता प्रगतिशिल समाजका कृष्ण तामाङले पाएका थिए । त्यसैगरी बेस्ट गोल रक्षक विजेता टिमका किसान लिम्बु, हाइस्कोर नारायण खड्का, अनुशासित खेलाडी खम्बु राई र बेस्ट प्लेयर खगेन्द्र कटुवालले पुरस्कार पाएका थिए । पुरस्कार भूपेन्द्र सुब्बा, सुरेश गुरुङ, राम खड्का, नवराज बस्नेत, विनोद सुब्बा र सन्दिप खत्रीले वितरण गरेका थिए ।फाइनल खेलको कार्यक्रममा गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले प्रमुख अतिथि र विशेष अतिथि वडा अध्यक्ष धनबहादुर राई रहेका थिए । पार्टी प्रतिनिधि नेकपाको तर्फबाट टेकबहादुर तामाङ र नेपाली कांग्रेसको तर्फबाट क्षेत्रीय सदस्य सन्तोष फुयल रहेका थिए । अन्य अतिथिहरु वडा सदस्यहरु रोशन लामिछाने गुरुङ, शिव दुलाल र श्यामकुमारी विक, समासेवी इन्द्र सुब्बा, भूपेन्द्र सुब्बा, भूमि दुलाल, देवेन्द्र लुईटेल, लिलम बहादुर बुढाथोकी लगाएत रहेका थिए ।दोस्रो अन्तर वडा फुटबल प्रतियोगिता खेल २२ गते सुरु भएर २८ गते समापन भएको छ । गत बर्ष प्रथम अन्तर वडा फुटबल प्रतियोगिताको आयोजना भएको थियो ।

खेल प्रतियोगितामा वडा भरीका ८ वडा टिमले सहभागिता जनाएको थियो । मातुभूमि समाज सेवा क्लब(क), धम्कुवा युवा क्लब, संयुक्त गुम्बा युवा क्लब, श्रीसमाज सेवा क्लब, हस्तिनापुर युवा क्लब, श्री मातृभूमि समाज सेवा क्लब(ख), प्रगतिशिल युवा क्लब र बयरवन युवा जमात गरी जम्मा ८ वडा टिमले सहभागिता जनाएको थियो ।

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.