चैत १६ गते, पथरी । मोरङको पथरीशनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगर स्तरीय मैत्रीपूर्ण फुटबल खेलमा वडा नं. ३ सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा आयोजक सी.वाई.सी. ‘ए’ लाई टाइब्रेकरमा पाखा लगाउँदै वडा नं. ३ विजयी भएको हो । आयोजकका तर्फबाट विक्रम गुरुङ र गोल रक्षक सुवास तामाङको पेनाल्डी सुट विपक्षी टिमका गोलरक्षक चेतन खतिवडाले रोकेका गरेका थिए भने पुजन राईले गरेको प्रहार गोलपोष्टमा ठोक्किएर आउट भएको थियो ।
आयोजकका तर्फबा एक मात्र गोल काजी तामाङले गरेका थिए । यस्तै वडा नं. ३ का तर्फबाट साराङ फागो, जुनियर साँवा र जहरमान चेम्जोङले गोल गरेका थिए भने बेन्जिम लिम्बुको प्रहारलाई आयोजकका गोलकिपर सुवास तामाङले रोकेका थिए ।
खेलको म्यान अफ द म्याच विजयी टिमका प्रताप चेम्जोङ घोषित भए । उनले नगद रु. १५ सय र मेडल प्राप्त गरे । आजको खेल वडा नं. १० र बी.आई.सीं बेल्डाँगी बीच हुने आयोजकले जानकारी दिएको छ ।