नर्सरी डाँडामा ग्रामथानको भवन निर्माण सुरु

 

असोज १४ गते, कानेपोखरी । कानेपोखरी ६ स्थित नर्सरी डाँडामा रहेको भलुवा महाराज धिमाल ग्रामथानको भवन निर्माण सुरु भएको छ ।

आर्थिक बर्ष २०७९÷०८० मा कानेपोखरी गाउँपालिकाले ५ लाख बजेट विनियोजन गरिदिएपछि ग्रामथानको भवन निर्माण सुरु भएको हो । ग्रामथानको भवन शुक्रबार एक कार्यक्रम विच कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नामले शिलान्यास गरेकी थिइन् ।

भवन २०७९ कात्तिक २९ गते सम्पन्न गरिसक्नु पर्ने गाउँपालिकासँग सझौंता भएको छ । उपभोक्ताहरुबाट जनश्रमदान अन्तरगत ९५ हजार ८ सय १८ रुपैया संकलन गर्नुपर्ने हुन्छ । सम्झौता अनुसार समयमै सम्पन्न र भवन गुणस्तर कै निर्माण गरिने अध्यक्ष राजकुमार धिमालले बताए ।

नर्सरी डाँडाको भलुवा महाराज धिमाल ग्रामथान मन्दिर बयरवन गाँउटोल समितिको मातहतमा रहेको छ । भवन शिलान्यासमा वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत, प्रकाश धिमाल, सुपारी धिमाल लगाएत उपस्थित रहेका थिए ।

 

सम्बन्धित खवर