Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/nigaranitimes/public_html/wp-config.php on line 94
केन्द्रीय तथ्यांक बिभागद्धारा जिवनस्तर सर्वेक्षण कानेपोखरी र सुनवर्सीबाट सुरु - Nigranitimes

केन्द्रीय तथ्यांक बिभागद्धारा जिवनस्तर सर्वेक्षण कानेपोखरी र सुनवर्सीबाट सुरु

राजकुमारी तामाङ
असार ३१ गते, बयरवन । नेपाल सरकार राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्यांक बिभागले ‘नेपाल जिवनस्तर सर्वेक्षण चौथो’ को काम सुरु भएको छ । बिभागले यस अघि प्रत्येक पाँच पाँच वर्षमा गरिने यो गणना कोभिड–१९ को कारण रोकिएको थियो ।

९ वर्ष पछि हुन लागेको यो कार्यक्रम मोरङमा कानेपोखरीको –३ नम्बर वडा र सुनवर्शी नगरपालिकाको ६ नम्बर वडामा संचालनमा रहेको टिम लिडर सुपरिवेक्षक मनोज कुमार मेहेताले बताए । उनले सर्वेक्षण एक वर्षमा बर्खा, सुख्खा र हिउँद गरेर ३ चरणमा गणना गरिने बताए ।

यस सर्वेक्षणले देशका नागरिकहरुको जिवनस्तरको स्थिति आङ्कलन गर्नका लागि आवश्यक पर्ने जनसाङ्ख्यिक विवरणहरुका साथै परिवारले उपयोग गरेका आवासिय सुबिधा तथा खर्च विवरण, घरपरिवारको खाद्य तथा गैर खाद्य वस्तुको उपयोग सम्बन्धी खर्च तथा आम्दानी ,रोजगारी बेरोजगारी विवरण, कृषि, शिक्षा, स्वास्थ, बसाइँसराइ, सुबिधामा पहुच, विप्रेषण जस्ता क्षेत्रका तथ्यांकहरु सङ्कलन गर्ने तिर्थराज चौलागाईंले बताएका छ्न ।

नेपालको ८ सय वटा गणना क्षेत्रहरु बाट ९ हजार १६ सय नमुना घरपरिवारहरु छनौट गरि काम सुरु भएको हो । एक वर्ष सम्म संचालनमा रहने सो कार्यक्रममा विभिन्न चरणमा तथ्यांक संकलन गरिने निर्देशक चौलागाईंले बताए ।

नेपाल पहिलो पटक १९९५/१९९६ मा भएको थियो भने २००३/२००४मा दोश्रो ,२०१०/२०११मा तेस्रो र अहिले २०७९/२०८०मा चौथो पटक गणना हुँदैछ ।

सम्बन्धित खवर