असोज १८, रमाइलो । कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्गले ४२ जना खेलाडीको ग्रेडिङ सम्पन्न गरेको छ ।
आईटिएफ तेक्वाण्डो डोजाङ्गले गत शनिबार जनसेवा माविको प्राङ्गणमा सम्पन्न गरेको थियो । मोरङ जिल्लाका मुख्य प्रशिक्षक नितेश खवासले खेलाडिहरु शारीरिक र मौखिक परीक्षामा सामेल भएपश्चात ग्रेडिङ्ग गरेका थिए ।
गत शनिबार ग्रेडिङको नतिजा हिजो बुधबार आएको कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्गका अध्यक्ष युवराज भुजेलले बताए ।
ग्रेडिङमा सेतो बेल्ट ६ जना, एल्लो ८ जना, ग्रिन बेल्ट १ जना, स्टेप ब्लुबेल्ट ७ जना, ब्लु वेल्ट ६ जना, स्टेप रेड ३ जना र रेड ५ जना गरी जम्मा ४२ जनाले एक स्टेप माथीको बेल्ट पाएका थिए ।
आत्मरक्षा र अनुशासनको लागि खेलिने यस खेलप्रती पछिल्लो समय चासो बढ्दै गएको प्रशिक्षक भुजेलले बताए । उनले भने, ’देशमा खेलकुदप्रति आफ्नो भविष्य देखेर यसैमा लाग्ने युवाहरुलाई देशले चिन्न सक्नुपर्छ । हाल खेलकुदमा लागेका धेरै खेलाडीहरुमा नैरासयत छाएको छ यसबारे देशले ध्यान दिन अत्यन्त जरुरी छ ।’
कार्यक्रममा प्रतिक्षक मनु लिम्बु, इन्दिरा थापा पनि उपस्थित रहेका थिए ।